गुल्मी, पुस १९: नेपाल रेडक्रस सोसाइटी गुल्मीको ३७औं अधिवेशनबाट समासेवी राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा १७ सदस्य जिल्ला शाखा गठन भएको छ ।
२०६० सालदेखि अनवरत सभापति रहेका अनुपकुमार श्रेष्ठले निरन्तरता दिन नखोजेपछि समाजसेवी राजेन्द्र श्रेष्ठ सर्वसम्मत सभापति बनेका हुन् ।
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षको भूमिका निर्वाह गरी सकेका श्रेष्ठ रेसुङ्गा बहुमुखि क्याम्पस तमघास र साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको समेतको अध्यक्ष रहेका छन् ।
सभापति श्रेष्ठका बुबा नरप्रसाद श्रेष्ठ पनि जिल्लामा समाजसेवीका रुपमा प्रख्यात छन् । बाबुको लाइनलाई आत्मसा गर्दै आएका राजेन्द्र श्रेष्ठ सफल व्यवसायीका रुपमा समेत परिचित छन् ।
शुक्रबार नेपाल रेडक्रस केन्द्रीयका अध्यक्ष संजीवकुमार थापाले उद्घाटन गरेको अधिवेशनबाट उपाध्यक्षमा कृष्ण भण्डारी (बस्तु), राधा पन्थी (तमघास), मन्त्री लालबहादुर कुँवर(इस्मा), कोषध्यक्ष ज्ञानहरि सापकोटा (वामी) लगायत १६ जना निर्विरोध निर्वाचित भएका छन् ।