अपराध महाशाखाले समात्यो उपभोक्ता ठगलाई

| 2020 Jan 04 | 10:05 am 2733

काठमाडौं, पुस १९ः महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सहकुल थापा जनताको नजरमा व्यवसायिक र मर्यादापालक प्रहरी हुन् भने अपराधकर्म गर्ने र कानूनलाई वेवास्ता गर्ने गिरोहका नजरमा आँखाको कसिंगर हुन् ।

झट्ट हेर्दा सोझो र हँसिलो लाग्ने एसएसपी थापा अपराधिसँग भने रुखो व्यवहारमा उत्रने अधिकृतमा गनिन्छ । उनी जहाँ जहाँ कमाण्ड संहाल्न पुगे त्यहाँ त्यहाँ सुरक्षा स्थिती अत्यन्तै मजबुद बनाउँदै जनताको नजरमा वाही वाही कमाउने अधिकृत पनि हुन् ।

सिन्धुपाल्चोकदेखि चितवन हुँदै काभ्रेबाट सक्षम र कर्तव्य निष्ठ अधिकृतका रुपमा आफ्नो पहिचान बनाउन सफल सहकुल थापा यतिखेर अपराधमहाशाखाको प्रमुखका रुपमा कार्यरत छन् ।

महाशाखामा आएदेखि थुप्रै अपराध कर्म गर्नेलाई कानूनको दायरामा ल्याउन सफल एसएसपी थापाले उपभोक्तालाई लामो समयदेखि ठग्दै आएका व्यापारी महेन्द्र सारडालाई नियन्त्रणमा लिएका छन् ।

मोरङको टंकी सिनुवारीस्थित पायोनियर इलेक्ट्रिक प्रा.ली.का संचालक सारडाले केबुलको लम्बाइमा ठगी गर्दै आएको आरोपमा महाशाखाले पक्राउ गरेको हो । परिमाण भन्दा कम लम्बाई राखेर केबुल बिक्रि गर्दै आएका महेन्द्र सारडालाई थापाथलीको उनकै कार्यालयबाट पक्राउ गरिएको हो ।

थापाथलीमा रहेको अधिकृत विक्रेताको कार्यालयमा समेत प्रहरीले सिलबन्दी गरेको छ । उपभोक्तालाई ठगी गर्ने सारडालाई हदै सम्मको कारबाही हुनुपर्ने उपभोक्ताको माग रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.