काठमाडौं, पुस १८ः शुक्रबार साँझ असनमा भीषण आगलागी भएको छ । असनको केलटोलको एक घरमा आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाको ३ र ललितपुर महानगरपालिकाको एक वटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास भइरहेको छ ।
काठले बनेको घरको चौँथो तलाबाट फैलिएको आगो कसरी शुरु भएको थियो भन्ने खुलेको छैन् । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बुझिएको छ ।