फरार गुण्डा ‘राते’ पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 03 | 04:06 pm 2081

काठमाडौं, पुस १८ : व्यक्ति हत्या प्रयासपछि फरार गुण्डा ‘राते’ भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

१८ चैत ०७५ मा काठमाडौंको ठमेलस्थित एलओडी क्लव अगाडि बिष्णु कठायतको हत्या प्रयासपछि उनी फरार थिए । सो समय राते र रेम्बो भनिने अजय गुरुङले कठायतको टाउकोमा रड हानेका थिए ।

प्रहरीले उजुरीका आधारमा खोजी गरेको थियो । तर उनीहरू लामो समयदेखि फरार थिए । आक्रमण गर्नेमध्येका राते भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका नयाँबजार–१६ बस्ने श्रेष्ठलाई विहीबार राति पक्राउ गरेको जनाएको छ ।

पक्राउपछि थप अनुसन्धान र कारबाही प्रक्रिया बढाउन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्र लैनचौरमा पठाइएको महाशाखाले जनाएको छ । घटनामा संलग्न रहेका अर्का रेम्बो भन्नेको खोजी कार्य जारी रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.