अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुने कानून अस्वीकार्य : डा. महत

रिपोर्ट नेपाल | 2020 Jan 03 | 03:30 pm 1594

काठमाडौं, पुस १८ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

अन्तरपार्टी महिला सञ्जालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महतले अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुन्ठित अभिव्यक्ति स्वतन्त्रताको अधिकार कांग्रेसले लडेर ल्याएको उनले दाबी गरे ।

पूर्वमन्त्रीसमेत रहेका महतले महिलालाई अधिकार दिने कुरामा कांग्रेसजति संवेदनशील अरु पार्टी नभएकोसमेत बताए ।

विश्वकै नमूना देश भनेर चिनिने स्विटजरल्याण्डले ५० वर्षअघिसम्म पनि महिलालाई मतदान गर्ने अधिकार नदिएको प्रसंग निकाल्दै उनले नेपाल त्यो अवस्थाबाट कहिल्यै नगुज्रिरएको बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.