काठमाडौं, पुस १८: आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् ।
अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । त्यसैले आज घाम लाग्ने सम्भावना कम छ ।
पश्चिमका केहि भागका पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
देशका सबैजसो उच्च पहाडी र हिमाली भेगमा आज पनि हिमपात हुनेछ। केहिदिन यता नेपालमा भित्रिएको पश्चिमी न्युन चापिय प्रणालीको असरका कारण देशका धेरैजसो स्थानको मौसम पूर्ण रुपमा बदली भई ठाउँ ठाउँमा वर्षा र हिमपात भइरहेको छ।
यस प्रणालीको असर विषेश गरी पश्चिमी भेगका बढी देखिएको छ। यो प्रणाली भोलि देखि क्रमिक रुपमा कमजोर हुँदै जाने संभावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ डिग्री सेल्सियस मापन गरिएको छ।