भूकम्पले हल्लायो गण्डकी प्रदेशको राजधानी पोखरा आसपास

रिपोर्ट नेपाल | 2020 Jan 02 | 11:28 pm 1990

कास्की, पुस १७: बिहीबार राति गण्डकी प्रदेशको राजधानी सहर पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ।

रातको ९ बजेर ५९ मिनेट जाँदा कास्कीको घाचोक केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

यो भूकम्प २०७२ मा गएकाे महाभूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ। भूकम्पले कास्कीका पोखरासहितका ठाउँमा धक्का दिएको छ।

नजिकै केन्द्रबिन्दु भएकाले कडा कम्पन हुँदा पोखरामा मानिसहरु सडकमा निस्किएका थिए। केही समय त्यस क्षेत्रका जनमानसमा त्रास उत्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.