दाङ, पुस १७ः अवैध रुपमा काटिएको सालको काठ प्रहरीले बरमद गरेको छ । जिल्लाको राप्ति गाउपालिका वडा नं ८ दोलैई खोला स्थितमा माटोले पुरीएको बेवारीसे अवस्थामा उक्त काठ फेला पारेको हो ।
सो काठ अपरीचित ब्यक्तिहरूले कटान गरीरहेका छन् भन्ने खवर प्रहरीमा प्राप्त हुना साथउक्त स्थानमा प्रहरी चौकी सिसहनियाबाट प्रहरी टोली खटाई काठहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त काठ राप्ती सब डिभिजन वन कार्यालय मसुरीया दाङलाई जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।