कर्णालीमा जिप खस्यो : ४ जनाको मृत्यु, दुई जना घाइते

रिपोर्ट नेपाल | 2020 Jan 02 | 02:31 pm 1769

बाजुरा, १७ पुस । कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाजुराको हिमाली गाउँपालिका-७ को खुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको से१च १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसा मृतकमध्ये एकजना रमेश शाहीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ। उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.