काठमाडौं, पुस १६ नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ। त्रिपुरेश्वरस्थित रहेको दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ औपचारिक उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु भएको हो।
उक्त उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी रहेका छन्।
कार्यक्रमलाई आकर्षक र मनोरञ्ज दिलाउनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिएका छन्।
नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को तयारी गरेको छ। भ्रमण वर्षको उद्घाटन समारोहमा दशरथ रंगशालामा जारी नै रहेको छ।