बारा, पुस १६: गएराति अज्ञात समूहले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित रहेको एनसेल टावरमाथि आगजनी गरेको छ ।
आगजनी अज्ञात समूहले गरेको प्रहरीले जनाएको छ । आगजनी कसले गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३ सय मिटर पूर्वमा रहेको थियो ।
त्यसै गरी मंगलबारराति नै चितवनको कालिका नगरपालिका–९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको बताइएको छ ।