बारा, पुस १४: विभिन्न मुद्दामा फरार रहेका १४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा बारा जिल्ला अदालतको विभिन्न मितिको फैसला आदेशले विभिन्न मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ५ का रजकलिया नुनिया, वडा नम्बर ८ का मनिफ मियाँ, विश्रामपुर गापा ५ का अनवत पंडित, वृजलाल प्रसाद यादव, वडा नम्बर ५ का द्धारिका पंडित, फेटा
गापा ३ का अनहोति गिरी, महागढीमाई नपा १० का शम्भु महतो नुनिया, भोला साह कानु, रुपलाल नुनिया, शंकर नुनिया, मखन महतो, सहिद मियाँ, रुपलाल साह तेली, पासपत महतो रहेका छन् ।
पक्राउ गरिएक अभियुक्तहरुलाई आज सोमबार इलाका प्रहरी कार्यालय प्रसौनी, सिम्रौनगढ , सिमा प्रहरी चौकी छतवा र प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेका हुन् ।
अभियुक्तहरुलाई सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले पक्राउ प्रतिवादीहरूले आफूलाई
लागेको जरिवाना रकम दाखिला गरी छुटेको प्रहरीले बताएको छ ।