सिटिजन बैंकको एटिएम फोर्दै गर्दा थानकोटबाट दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 30 | 07:28 am 1759

काठमाडौं, पुस १४: सिटिजन बैंक थानकोट शाखाको एटिएम फोरेर पैसा चोरी गर्दै गरेका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुगु जिल्लाको सोरू गाउँपालिका ६ घर भएका २४ वर्षीय चित्र बहादुर शाही र सोही स्थानका २० वर्षीय नन्दराज धराल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई एटिएम फोरेर पैसा चोरी गर्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका ७ थानकोटबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

थानकोट प्रहरीका अनुसार उनीहरुले एटिएमको सटरमा लगाइएको ताल्चा खोलेर मेसिन फुटाइ सकेका थिए । पक्राउ परेका दुवैजनामाथि थप अनुशन्धान भइरहेको छ ।

शनिबार राति पक्राउ परेका उनीहरुलाइ आइतबार सार्वजनीक गरएको हो । पक्राउ परेका दुवैजना हाल थानकोटमै बस्दै आएको खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.