काठमाडौं, पुस १३: भ्रमण वर्ष २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिए ।
मन्त्री भट्टराईले यसको संयोजन गर्ने गैरआवासीय नेपाली सङ्घ (एनआरए) अध्यक्ष कुमार पन्तलाई धन्यवाद पनि दिएका छन् ।
यसअघि संविधान दिवसको दिन संसारकै अग्लो यूएईको बुर्ज खालिफा टावरमा नेपालको झण्डा फहराइएको थियो । उहाँले अहिले १४ देशका अग्ला टावरको पक्का भएको र बाँकीको लागि पनि तयारी भैरहेको बताए ।