राष्ट्रसंघीय कार्यक्रममा भाग लिएर फर्किए दुई प्रहरी प्रमुख

रिपोर्ट नेपाल | 2018 Jun 26 | 05:54 pm 3461

काठमाडौं, ज१२ असार : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिकाको न्यूयोर्कमा आयोजित दुई दिवसीय संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलनमा सहभागी भई मंगलबार स्वदेश फर्किएका छन् । प्रहरी महानिरीक्षक खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षक डा।दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरे ।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त सम्मेलनमा छलफलका एजेण्डा, प्रस्ताव र सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको प्रस्तुतीकरणलाई राष्ट्र संघको उच्च नेतृत्वले पुनरावलोकन गर्ने र तीमध्ये केही तत्काल कार्यान्वयन गरिने स्पष्ट पारे ।

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि दोश्रो युनाइटेड नेशन्स चिफ अफ पुलीस समिटमा सहभागी भई स्वदेश फर्किएका छन् ।

खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के।सी। र नारायणबावु थापा लगायतका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.