समाजका सक्षम महिलालाई अघि बढाउनुपर्ने नेता नेपालको भनाई

रिपोर्ट नेपाल | 2019 Dec 27 | 07:50 am 2051

काठमाडौं, पुस ११: पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाजका सक्षम महिलालाई अघि बढाउनुपर्ने बताका छन्। ‘नेपालका मुस्लिम समुदाय’ नामक पुस्तक विमोचन तथा ‘पुनःजागरणमा महिला अन्दोलन’ नामक लघु चलचित्र सार्वजनिक गर्दै उनले समाजका हरेक योग्य महिलालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

हरेक समुदायका महिला कुनै न कुनै हिसाबले र हाम्रो सामाजिक कारणले पछि परेका छन्, अब योग्य महिलालाई समाजले नै अघि बढाउनुपर्छ, उनले भने, सामाजिक कुरिति र विकृतिविरुद्ध सबै एक हुनुपर्छ । सामाजिक जागरणको लागि सशक्त लेखनको आवश्यकता भएको बताउँदै नेता नेपालले महिला हिंसा, बलात्कार, जिउँदै जलाउनेलगायतका दुरव्यवहार मानव नभइ दानवले गर्ने गरेको टिप्पणी गरे ।

नेता नेपालले मुस्लिम समुदाय नामक पुस्तक लेखक एवं वृत्तचित्रका निर्देशक जैनव खातुनलाई आफ्नो समुदायभित्रको विकृति र विसङ्गतीविरुद्ध निरन्तर कलम चलाउन आग्रह गरे ।

विमोचित पुस्तकमा नेपालका मुस्लिम समुदायको अवस्था, कला संस्कृतिसहित राजनीतिक अवस्थाका बारेमा चर्चा गरिएको छ । सार्वजनिक गरिएको वृत्तचित्रमा अनेम सङ्घका केन्द्रीय सदस्य गजकुमारी गुरुङको राजनीतिक आन्दोलन र उनको जीवनी समेटिएको वृत्तचित्रका निर्देशक खातुनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.