काठमाडौंबाट यस्तो देखियो खण्डग्रास सूर्य ग्रहण (फोटोफिचर)

रिपोर्ट नेपाल | 2019 Dec 26 | 04:08 pm 2422

काठमाडौं, पुस १० : अंग्रेजी वर्ष २०१९ काे अन्तिम सूर्यग्रहण काठमाडौंबाट  प्रस्ट देखिएको छ । करिब ३ घण्टासम्म देखिएकाे साे सूर्यग्रहण काठमाडाैँमा पनि बिहान ८:४३ काे समयबाट देखिएकाे थियाे ।

ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिएकाे थियाे । पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखिएकाे थियाे । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरीबाट प्रकाश देखिएकाे थियाे ।

रिङ अफ फायर साउदी अरबबाट शुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुने जनाइएको छ ।

 

ग्रहणलाई कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास बोर्डको परिसरबाट देखाउने व्यवस्था मिलाइएको छ ।

यो ग्रहण काठमाडौंमा बिहान ८ः४३ मिनेटमा सुरू हुनेछ भने ११ः३३ मिनेटमा अन्त्य भएकाे  । त्यसैगरी, महेन्द्रनगरबाट ८ः३८ मिनेटमा ुरू भएर ११ः१९ मिनेटमा अन्त्य हुनेछ भने भद्रपुर झापाबाट ८ः४८ मिनेटमा ुरू हुन्छ भने ११ः२७ मिनेटमा अन्त्य भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.