काठमाडौं, पुस १० : प्रहरीले चोरीका १४ मोटरसाइकलसहित १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट उनीलाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा मदन कुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, राजु पौडेल, सबिन तामाङ, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, इन्द्र बहादुर तामाङ, बिक्रम भुजेल (रक), र समिर तामाङ (आलु) रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले उपत्यकाका विभिन्न ठाउँबाट चोरी गरि धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायत विक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
हालसम्म ४० वटा चोरीका मोटरसाइकल बरामद गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।