४८ घण्टामा १० शिशुको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 26 | 10:01 am 1997

काठमाडौं, पुस १०: भारतको राजस्थानको कोटास्थित एक अस्पतालमा ४८ घण्टामा १० शिशुको मृत्यु भएको छ ।

कोटाको सबैभन्दा ठूलो जेके लोन मातृ एवं शिशु चिकित्शालयमा पछिल्लो २ दिनमा १० बच्चाको मृत्यु भएको हो । मृत्यु भएका सबै बच्चा एनआइसियुमा भर्ना भएका थिए । अस्पतालको शिशु रोग विभागका अध्यक्ष डाक्टर बेरवाका अनुसार दैनिक तीनदेखि चार जना बच्चाको मृत्यु औषत हो । पुरै वर्षभरिको रेकर्ड हेर्ने हो भने पनि यो महिनामा निकै कम मृत्यु भएको छ ।

बैरवाका अनुसार दुई दिनको बिचमा मृत्यु भएका १० जनामध्ये ५ जना नवजात शिशु रहेका छन् । जो जन्मनेवित्तिकै समस्यामा थिए । डाक्टरले लापरवाही गरेको भन्दै अस्पताल बाहिर सर्वसाधारणले प्रदर्शन गरेका छन् । अस्पताल प्रशासनका अनुसार सन् २०१४ मा १५ हजार ७ सय १९ बच्चा भर्ना भएकामा ११ सय ९८ बच्चाको मृत्यु भएको थियो ।

सन् २०१५ मा १७ हजार ५ सय ७९ बच्चा भर्ना भएकोमा १२ सय ६० बच्चाको ज्यान गएको छ । गएको वर्ष सन् २०१८ मा १६ हजार ४ सय ३६ बच्चा भर्ना भएकामा १ हजार ५ बच्चाले ज्यान गुमाएका भारतीय संचारमाध्यामले जानकारी दिए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.