लमजुङ, पुस १०: जिल्लाको सुन्दरबजार नगरपालिका ६ मा माटोको ढिस्कोले पुिरँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवनको लोथर घर भएका २५ बर्षीय संगम चेपाङ रहेका छन् । नमुना टोलमा मिट्ठी गौलीको घर सुरक्षित गर्ने वाल लगाउने क्रममा अचानक माथिबाट पहिरो जाँदा वाल भत्किएरमृत्यु भएको प्रहरीले जानकारी दिए।
बुधबार दिउँसो माटोको ढिस्कोले पुरिएका ६ जनालाई सुन्दरबजारको कर्मदा अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा संगमको निधन भएको प्रहरीले बताए ।
घाइते हुनेमा चितवनको राप्ती नगरपालिका ३ का ५२ बर्षीय बलबहादुर तामाङ, १८ बर्षीय विष्णु चेपाङ, ४० बर्षीय दिपक चेपाङ र दाङ बस्ने ६० बर्षीय छबिलाल राना, चितवनका ३५ बर्षीय सुरेश प्रजा रहेका छन्। उनीहरुको कर्मदा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए।
घाइतेको प्रहरी र स्थानीयले उद्दार गरेका थिए। उद्दारमा डोजर प्रयोग गरिएको थियो। स्थानीय विष्णुकमार श्रेष्ठका अनुसार घरको वाल लगाउने कार्यमा १३ जना खटिएका थिए। ७ जना पहिले नै बाहिर निस्किएको र ६ जना पुरिन पुगेको प्रहरीले जनाए।