रुकुम पश्चिम, १२ साेमबार : मुसीकोट नगरपालिका–१, सल्लेमा एक महिलाको शव बाहिरबाट ताला लगाएको कोठमा नै फेला परेको छ । घरको आफ्नै कोठामा ४५ वर्षीया आइती बुढाको शव मंगलबार फेला परेको हो ।
बाहिरबाट ताला लाएको अवस्थामा बुढाको शव भेटिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । मृतक बुढाका छोराले ताला फोडेर भित्र जाँदा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । केही दिनदेखि कोठामा ताला लागेको र आमालाई कतै नदेखेपछि ताला फोडेको मृतकका छोराले प्रहरीलाई बताएका छन् ।
शव गन्हाउने अवस्थामा भेटिएकाले घटना पुरानो हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको बाँया निधारमा गहिरो चोट लागेको छ ।