पक्राउ परेका चिनियाँ नागरिकबाट ७४६ माेबाइल र ३३१ ल्याप्टप बरामद

रिपोर्ट नेपाल | 2019 Dec 25 | 03:37 pm 2032

काठमाडौं, पुस ९ : शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिकहरुबाट ठूलो परिणममा सामानहरु बरामद गरिएको छ । प्रहरीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बरामद गरिएकाे सामानहरु सार्वजनिक गरेकाे हाे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसार पक्राउ परेका व्यक्तिहरुबाट ७ सय ४६ थाना मोबाइल, ३ सय ३१ थान ल्याप्टप, ९८ थान सीपीयू, ९९ थान मनिटर, ३ सय २७ थान सिमकार्ड, पेनड्राइभ र ६७ वटा राहदानी बरामद गरिएकाे छ ।

नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसनमा सोमबार काठमाडौंबाट  १ सय २२ चिनियाँ नागरिक पक्राउ परेका थिए । पक्राउ परेकामाथि ५ दिनको म्याद थपि कारबाही भइरहेको सिआइबीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.