राजधानीमा प्रहरीको विशेष अपरेसन : अवैध रुपमा बसेका ७० भन्दाबढि विदेशी नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 23 | 03:52 pm 1531

काठमाडौं, पुस  ७ : प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानमा ‘विशेष अपरेसन’ चलाउँदै ७० भन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । प्रहरीले ‘विशेष अप्रेसन’ मार्फत बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको जनाएको छ ।

‘७० जनाभन्दा बढी नागरिक पक्राउ गरेका छन्, उनीहरूको गैरकानुनी धन्दाको विस्तृतबारे पछि जानकारी दिन्छौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने । पक्राउ परेकामध्ये धेरै चिनियाँ नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।

चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूको गतिविधिमाथि निगरानी बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.