इलममा नेविसंघद्वारा चक्का जाम, यातायात सेवा ठप्प

रिपोर्ट नेपाल | 2018 Jun 26 | 02:45 pm 4976

इलाम, १२ असार : सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघ इलामले इलाम सदमुकाममा चक्का जाम गरेको छ । नेपाल विद्यार्थी संघले देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ ।

गत दुई साता भन्दा अघिदेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले सदरमुकाम इलाममा आज दिउँसो १२ बजेदेखि बीच सडकमा बाइक राखेर १२ मिनेट सम्म चक्का जाम गरी यातायात सेवा ठप्प परेका हुन् ।

देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले इलाममा पनि चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
केही दिन अघि प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाई सकेको र आज १२ मिनेट चक्का जामको कार्यक्रम भएको हुँदा कार्यक्रम गरेको र आजको कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको नेविसंघ इलामका कार्याबाहक अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए ।
पेट्रोलियम पदाथर्का साथै उपभोग्य बस्तुमा बढेको मुल्य वृद्धि तत्काल फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने नेविसंघले जनाएको छ ।

चक्का जामका करण इलामको बाटो प्रयोग गरेर लामो तथा छोटो दुरीका लागि यात्रारत यात्रु केहीबेर बीच बाटोमानै आलपत्र परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.