२१ किलो अवैध लागूऔषध चरेश बरामद

रिपोर्ट नेपाल | 2019 Dec 23 | 08:28 am 3599

पर्सा, पुस ७:  जिल्लाको धोबिनी गाउँपालिका ५ स्थित बैरिया खोला नजिकै ठूलो परिणाममा  अवैध लागूऔषध चरेश बरामद गरेको छ ।

सोमबार बिहान करिब ४ः १५ बजे बोर्डर आउट पोष्ट (बिओपी) भिस्वाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले अन्दाजी २१ केजी चरेश बरामद गरेको हो ।

बरामद गरिएको चरेश आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.