काठमाडौं,१२ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिपुलेकबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुरा नउठेको भन्दै असन्तोष व्यक्त गरेको छ ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिपुलेकबारे तयारी अभावका कारण चीनसँग सम्बाद हुन नसकेको प्रष्टीकरण दिनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेकबारे कुरा नगरिएको भन्दै प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले आफूहरुको तयारी नपुगेको भन्दै आलटाल जवाफ दिए। चीन र भारतले नेपालको भूमि लिपुलेकमा सीमाव्यापार गर्ने सहमति गरेपछि उक्त भूमि विवादमा परेको थियो । प्रधानमन्त्री ओलीले लिपुलेकबारे विषयगत अध्ययन गर्न बाँकी रहेको बताए ।
यस्तै, काँग्रेसले चीनसँग पारवहन सम्झौतामा हस्ताक्षर हुन नसकेको कारण मागेको थियो । प्रधानमन्त्री ओलीले आउँदो जुलाईमा सम्झौता हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै, प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका उपलव्धिबारे सदनलाई जानकारी दिए ।