अध्यक्ष प्रचण्ड निर्देशन- सरकारले गरेका राम्रा कामबारे जनतालाई भन्नुस्

रिपोर्ट नेपाल | 2019 Dec 20 | 06:02 pm 1956

काठमाडौं, पुस ४ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामबारे जनतालाई भन्न निर्देशन दिएका छन्।

शुक्रबार दिउँसो बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार र पार्टीबीच समन्वय नहुँदा सरकारले गरेका राम्रा कामबारे जनताले थाहा नपाएको बताए।

‘संसदका काम प्रभावकारी रूपमा गर्नुपर्छ। पहिला हाम्रा कमिटीहरू पनि नभएकाले सरकारले गरेका राम्रा कामबारे पनि हामीले जनतालाई प्रभावकारी ढंगले भन्न सकेनौं अब तपाईंहरू सरकारले गरेका राम्रा कामबारे जनतालाई सूचना दिनुस्,’ प्रचण्डले भने।

प्रचण्डले पार्टीको स्थायी समिति बैठक बसिरहेको र बैठकबाट भारतसँग कालापानी र लिम्पियाधुरा क्षेत्रमा भएको विवाद र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)बारे धारणा बनाउने बताए।

‘एमसिसी र इन्डो प्यासेफिक रणनीति एउटै हो कि होइन भन्ने बुझ्दै छौं। यदि एमसिसी इन्डो प्यासेफिकभित्र पर्दैन भने हामी स्वीकार्छौं,’ प्रचण्डले भने।

उनले मंसिर १४ गते भएको उपनिर्वाचनको मतपरिणाम सकारात्मक भए पनि गम्भीर हुनु पर्ने खालको भएको बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.