एक लाख नगदसहित नौ जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 19 | 05:01 pm 2116

काठमाडौं, पुस ३ : नेपाल प्रहरीले रु एक लाख सात हजार ५१० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.