को बन्ला सभामुख ?

रिपोर्ट नेपाल | 2019 Dec 18 | 09:53 am 2456

काठमाडौं, पुस २: बलात्कारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि रिक्त रहेको सभामुख चयनका विषयमा नेकपा भित्र विवाद उत्पन्न भएको छ ।

माओवादीबाट सभामुख बनेका महरा जेल गएपछि एमालेले सुभाष नेम्वाङलाई बनाउने चलखेल गरेपछि माओवादीबाट अग्नी सापकोटाको नाम चर्चामा आइरहेको छ । एमालेबाट राष्ट्रपति, प्रधानमन्त्री रहेकाले तीनवटै स्थानमा एमालेलाई दिन नसकिने माओवादी पक्षको अडान रहेको छ ।

एमाले कित्ता आफ्नै पक्षको सभामुख बनाउने कुरामा अडिग रहेपछि माओवादी पक्षधर आक्रोशित बनेका छन् । निकै लामो समय देखि बस्न नसकेको स्थायी कमिटीको बैठक मंसिर २९ देखि सुरु भएको छ । बैठकमा नेतृ पम्फा भुषाल महिला पनि सक्षम छन् भन्दै कड्कीएपछि तरंग उत्पन्न भएको छ । चर्चामा सुभाष नेम्वाङ र अग्नी सापकोटा भएपनि पछिल्लो समय पम्फा भुषालको नाम पनि चर्चामा आएको छ ।

कृष्णबहादुर महरा माओवादी कित्ताका भएका कारण सभामुख माओवादी पक्षधरले पाउनुपर्ने तर्क प्रचण्डले गरिरहेका छन् । एमालेले अघि सारेका नेम्वाङलाई प्रचण्डहरुले कुनै हालतमा नमान्ने भएपछि महिलाको प्रतिनिधित्वका लागि पनि पम्फा भुषाललाई सभामुख बनाउनुपर्छ भन्नेको पंति पनि ठूलै छ ।

उपसभामुखलाई राजिनामा गराएपछि महिलाको प्रतिनिधित्व गराउनका लागि पनि भुषाल उपयुक्त हुने नेकपाकै एकथरी नेताहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.