सिरहामा हात्ती आतंकः गाउँले त्रासिद

रिपोर्ट नेपाल | 2019 Dec 17 | 10:26 am 2445

  • महेश सिंह

सिरहा, पुस १: सिरहाको गोलबजार नगरपालिका १ स्थिति मुक्सार चारघरे मगर टोलमा विगत ५ दिन देखी जंगली हात्तीले आतंक मचाएको छ ।

स्थानीयहरुको घरमा रहेको खाद्यन्न सरसामान नस्ट गरेको पीडित बाबुराम मगरले बताए । गाउँका पाँच जनाको घर भत्काएको स्थानीयले बताए । पीडितहरुको लागि युवा संजाल सिरहाले चामल , दाल ,खाने तेल र चिउरा लगायतका सामानहरु सहयोग गरेका छन ।

संजालका अध्यक्ष नागेन्द्र राय लगायत कार्य समितिले पुनः सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पीडितलागि चाहिने खाद्यवस्तु सहयोग र अहिलेसम्म अन्य स्थानबाट सहयोग नभएको बताए । सिरहा युवा संजालको अध्यक्ष नागेन्द्र रायले जानकारी दिए ।

नगरपालिका र नजिकको गाउँहरुमा जंगली हात्तीको आक्रमण बडेको छ। गोलबजार नगरपालिकाको बासिन्दा जंगली हात्तीको आतंकबाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ। हाती आतंक पीडितहरुको मध्य नजर गरी सिरहा युवा संजाल र समाजिक सँस्थाले सहयोग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.