काठमाडौं, मंसिर ३०: आइतबार राति करिब साढे दश बजे असामयिक निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको शवलाई दिउँसो साढे एक बजेसम्म श्रद्धान्जलीका लागि राखिने भएको छ ।
बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद साँखीद्वारा जारी शोक वक्तव्यमा जनाइए अनुसार अहिले साढे १२ देखि दिउँसो साढे एकसम्म चलचित्र विकास बोर्डको प्राङ्गण चावहिलमा भट्टराईको शव राखेर श्रद्धान्जली कार्यक्रम गरिने भएको हो ।
दिउँसो २ बजे भट्टराईको शवलाई पशुपति आर्यघाट पुर्याएर अन्तिम संस्कार गरिने जनाइएको छ ।
