अवैध लागूऔषधसहित दुई युवक पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 15 | 01:03 pm 1382

उदयपुर, मंसिर २९: जिल्लाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। लालपत्ता प्रहरी चौकीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३ नम्बरको विङगर चेकजाँच गर्दा १ सय ३० पिस नाइट्रोभेट ट्याब्लेटसहित विप्लव तामाङलाई नियन्त्रण लिएको छ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

त्यस्तै जिल्लाको बेलका नगरपालिका दिवाजोरमा मैनामैनी तर्फबाट आइरहेको को १२ प ७१०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ४ सय ग्राम गाँजासहित भोजपुरका २२ वर्षीय जयप्रकाश राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी नायक निरीक्षक हरि खड्काले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.