काठमाडौं, मंसिर २९: मध्यपश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिए । अहिले देशका धेरैजसो ठाउँको आकाशमा बादल लागेको पनि उनले बताइन् ।
आइतबार दिउँसो पनि देशभरकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभए पनि पूर्व, मध्य र पश्चिमका थोरै ठाउँमा मात्रै पानी पर्ने सम्भावना छ भने देशका अरु ठाउँमा भने पानी पर्ने सम्भावना नभएको मौसमविद् बासीले जनाए।
काठमाडौं उपत्यकामा आज शनिबार जस्तो घाम नलाग्ने पनि उनले जानकारी दिए । आइतबार बिहान ६ बजे काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।