क्यान्सरपीडित पूर्णिमायालाई पौने चार लाख

रिपोर्ट नेपाल | 2018 Jun 26 | 08:30 am 3180

मोरङ, असार १२: पाठेघरको क्यान्सरबाट पीडित मोरङको पथरीशनिश्चरेकी पूर्णिमाया राईको उपचार खर्चमा सहयोग पुर्‍याउन हङकङमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन्।

५५ वर्षीया क्यान्सरपीडित राईलाई ‘मोरङ कुशे शनिश्चरे हङकङ समाज’को पहलमा संकलित रु तीन लाख ७० हजार सोमबार उहाँकै निवासमा प्रदान गरिएको हो । सो रकम पथरीशनिश्चरेकै मीनप्रसाद लिम्बूले क्यान्सरपीडित राईका श्रीमान् नरबहादुर राईलाई हस्तान्तरण गरेका छन् । पूर्णिमाया करीब १७ महिनायता पाठेघरको क्यान्सरबाट पीडित राई हाल काठमाडौँ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।

आर्थिक अभावका कारण समयमै उपचार गर्न समस्या परेको थाहा पाएपछि हङकङमा बस्दै आएका युवराज लिम्बू ‘अमर’, रविन लिम्बू, योगराज लिम्बू, विजय लिम्बू, सन्त लिम्बू, बिजु लिम्बू, नरेश नाल्बोलगायतले पीडित राईका लागि रकम संकलन गरेका थिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.