१४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक नभएसम्म पौडेल पक्षधर बैठकमा नजाने

रिपोर्ट नेपाल | 2019 Dec 14 | 03:48 pm 1774

काठमाडौं, मंसिर २८: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेसम्म केन्द्रीय समितिको बैठकमा उपस्थित हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसको शुक्रबार बसेको बैठकमा पौडेल पक्षधरहरु अनुपस्थित भएपछि आज शनिबार सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधी रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका थिए ।

सभापति देउवा र उपसभापति निधीको बैठकमा उपस्थित हुन गरेको अनुरोधलाई नेता पौडेलले इन्कार गरेका छन् । बरिष्ठ नेता पौडेलले १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेसम्म बैठकमा बस्नुको कुनै औचित्य नहुने बताएका थिए ।

पौडेलको भनाई प्रति आश्वास्त पार्दै उपसभापति निधीले नेविसंघ र तरुण दलको महाधिवेशनपछि पार्टीको महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । निधीको आग्रहलाई नेता पौडेलले ठाडै इन्कार गर्दै बैठकमा अनुपस्थित रहने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.