काठमाडौं, मंसिर २८: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मंसिर २९ गते आइतबार पाथीभारा देविको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार आज पौडेल स–परिवार (छोरा बुहारी)का साथ ४ः ३० बजे विराटनगर पुगी कोइराला निवासमा बस्ने बताइएकोे छ ।
आइतबार विहान विराटनगरबाट ताप्लेजुङ हुँदै पाथीभारा देवी दर्शन गरी विराटनगर फर्कने योजना रहेको बुझिएको छ ।