काठमाडौंमा भूकम्पको धक्का

रिपोर्ट नेपाल | 2019 Dec 12 | 08:09 pm 1409

काठमाडौं, मंसिर २६: बिहीबार साँझ ७ बजेर ११ मिनेट जाँदा काठमाडौंलगायतका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जानकारी दिए ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.