काठमाडौं, मंसिर २६: चन्द्रागिरी नगरपालिकाको तीनथानामा बिहीबार बिहान भिषण आगलागी भएको छ । आगलागीमा लाखौ बढीको क्षती भएको छ । रङ् पसलमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागीमा घर तथा पसल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले बताए ।
आगलागी नियन्त्रणका लागि काठमाडौं, ललितपूर महानगरपालिकाका दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको करिब डेढ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।