अंक बिहिन हुँदै फर्कियो इजिप्ट, उरुग्वे बन्यो समुह विजेता

| 2018 Jun 26 | 06:34 am 3069

काठमाडौं, असार १२: साउदी अरेबियासँग २-१ गोलले पराजित भएपछि अंक बिहिन हुँदै इजिप्ट घर फर्किएको छ ।सोमबार भएको अर्को खेलमा रुसलार्इ हराउँदै समूह विजेता बनेको छ ।

विश्‍वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा साउदी अरेबिले इजिप्टलाई २–१ गोल अन्तरले पराजित गरेको छ । समुह चरणको अन्तिम खेलमा उत्कृष्ट पुनरागमन गर्दै साउदीले इजिप्टलाई पराजित गरेको हो ।

इजिप्टले खेलको २२ औ मिनेटमा अग्रता बनाएको थियो । इजिप्टकालागि मोहमद सालाहले गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा इजिप्टले बराबरी गोल फर्काएको थियो ।

उसकालागि अल फराजले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा अल दसवारीले साउदीकालागि विजयी गोल गरे ।

हारसंगै इजिप्ट अंक विहिन हुदै प्रतियोगिताबाट बाहिरएको छ । प्रतियोगिताबाट यसअघिनै बाहिरिसकेको साउदीले ३ अंक जोडेको छ ।

समुह विजेता बनेको उरुग्वेले ३ खेलबाट ९ अंक जोड्यो । उपविजेता बनेको रुसले ६ अंक जोडेको छ । दुवै टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । उरुग्वेले अब समुह बी को उपविजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

रुसले समुह ए को विजेतासंग अन्तिम १६ मा भिड्नेछ । प्रतियोगिताबाट बाहिरिएको साउदीले ३ अंक जोड्यो । इजिप्ट अंक विहिन हुदै रुसी विश्वकपबाट बिदा भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.