काठमाडौं, मंसिर २४: गत मंसिर १५ गते तामझामका साथ सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) भव्यताका साथ सम्पन्न भएको छ ।

(समापन समारोहका आतिसबाजी फोटो फिचर)

मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित समापन समारोहलाई पनि भव्य बनाएको हो । नेपालले आगामी (साग) को १४औं संस्करण आयोजनाको अधिकार यही समारोबीच पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।

सन् १९८४ मा नेपालबाट सुरु भएको साग खेलकुद तेस्रो पटक नेपालले आयोजना गर्दा धेरै प्रभाव पनि छोड्न सफल भएको छ ।


