सागको पुरुष फुटबलतर्फ नेपाली राष्ट्रिय फुटबल टोलीले भुटानलाई २–१ गोल गर्दै स्वर्ण पदक जित्न सफल

रिपोर्ट नेपाल | 2019 Dec 10 | 05:12 pm 2371

काठमाडौं, मंसिर २४: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपाली राष्ट्रिय फुटबल टोलीले स्वर्ण पदक जित्न सफल भएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको हो । नेपालको जितमा सुनिल बल र अभिषेक रिजालले १/ १ गोल गरेर नेपाललाई स्वर्ण दिलाएका हुन् ।

खेलको १६ औं मिनेटमा अभिषेकले गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । त्यसै गरी खेलको ३६औं मिनेटमा भुटानका चेन्चो ग्यालसेनले पहिलो हाफमा बराबरी गोल फर्काए थिए ।

दोस्रो हाफमा नेपालले सुनिलको गोलमा अग्रता लियो । उनले हेडरमार्फत गोल गर्दै नेपाललाई पुनः अग्रता दिलाएका थिए । त्यसपछि थप गोल हुन नसक्दा नेपालले स्वर्ण पदक जितेको हो ।

नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा जितेको यो चौथो स्वर्ण पदक हो । यसअघि नेपालले सन् १९८३, १९९३ र २०१६ को संस्करणमा पनि स्वर्ण जितेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.