काठमाडौं, मंसिर २२: १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत आइतबार भएको जुडो खेलमा नेपालले स्वर्ण पदक दिलाउँन सफल भएका छन् ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जारी जुडोमा नेपालका लागि देविका खड्काले स्वर्ण पदक दिलाएकी हुन् ।
महिलाहरुको ५२ केजी तौल समूहमा खड्काले भारतीय प्रतिद्धन्द्धी गायत्री तोकासलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी हुन् । यस स्पर्धाको काँस्य पदक बंगलादेश र श्रीलंकाको पक्षमा गएको छ ।