कपास उद्योगमा आगलागी

रिपोर्ट नेपाल | 2019 Dec 05 | 07:22 pm 1534

दाङ, मंसिर १९: जिल्लाको गढवा गाउँपालिका वडा नं ६ थानदेउखुरीका हुर्मत यादवको कपास उधोगमा आगलागी भएको छ ।

कपडा पेल्ले क्रममा एक्कासी मेसिनमा आगलागी हुँदा उक्त उद्योगमा रहेको कपडा पेल्ने मेसिन, घर र
कपडाहरु जली नष्ट भएको हो । उक्त आगलागीबाट करिब ६ लाख बराबरको क्षेती भएको प्रहरीले जानकारी दिए ।

आगलागीबाट मानवीय तथा अन्य कुनै पनि क्षेती हुन पाएको छैन । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा लिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.