सागको महिला साइक्लिङको क्रस कन्ट्रीमा नेपाललाई लक्ष्मीद्वारा थप एक स्वर्ण, एक रजत

| 2019 Dec 05 | 01:39 pm 1820

काठमाडौं, मंसिर १९: १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गतको साइक्लिङको क्रस कन्ट्री प्रतिष्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण हातपार्न सफल भएकी छिन् ।

बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यहि प्रतिष्पर्धामा नेपालकी उषा खनालले रजत पदक पनि हातपार्न सफल भएकी छिन् । लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् भने उषाले १ मिनेट ३५.५२ सेकेण्डमा पूरा गरेकी थिइन् ।

त्यसैगरी कास्य पदक जितेकी भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरिन् । यसका साथै साइक्लिङमा नेपालले ३ स्वर्ण जितेको छ ।

बिहीबारको खेलमा नेपालले जितेको यो दोस्रो स्वर्ण हो । यससँगै १३औं सागमा नेपालको स्वर्ण संख्या ३१ वटा प्राप्त गर्न सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.