१० हजार मिटर दौडमा दीपकलाई कास्य पदक

रिपोर्ट नेपाल | 2019 Dec 04 | 10:00 am 2375

काठमाडाैँ, मंसिर १८ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् । यस प्रतिस्पर्धामा भारतले स्वर्ण पदक र श्रीलंकाले रजत पदक जितेका छन् ।

भारतीय खेलाडी सुरेश कुमारले निर्धारित दूरी २९:३३.६१ समयमा पूरा गरे । श्रीलंकाका स्वरणले ३०:४९.२० समयमा निर्धारित दूरी पार गर्दा नेपालका दीपक अधिकारी थोरै समयले चुके । दीपकले निर्धारित दूरी ३०:५०.०६ समयमा पूरा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.