पाँच जिल्लाका सिडिओहरु हेरफेर, काे कहाँ पुगे ?

रिपोर्ट नेपाल | 2019 Dec 04 | 07:44 am 1800

काठमाडौंं, मंसिर  १८ : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको हो ।

पर्साका सिडिओ नारायण भट्टराईको चितवनमा तथा चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ । भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ ।

लमजुङका सिडिओ पनि फेरिएका छन् । डा. डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई भक्तपुर तथा बरिष्ठ अध्यागमन अधिकृत लक्ष्मणबहादुर खड्कालाई लमजुङ पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.