जीप दुर्घटना अपडेटः मृतक सबैको सनाखत

रिपोर्ट नेपाल | 2019 Dec 03 | 04:03 pm 2546

बाग्लुङ, मंसिर १७: सोमबार भिङगिठेमा भएको जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाको सनाखत भएको छ ।

ग १ ज ५२१९ नम्बरको जीप इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका जाँदै गर्दा बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।

दुर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् । उनीहरुको अवस्था गम्भीर रहेको बुझिएको छ ।

सोही दुर्घटनामा इस्मा गाउँपालिका–४ का धनबहादुर कार्की बेपत्ता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.