काठमाडौं, मंसिर १७:दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ ।
मंगलबार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंका बिरुद्ध ० – १ गोल गर्दै विजयी शुरुवात गरको हो ।
पहिलो हाफमा बराबरी खेलेको श्रीलंकाले दोस्रो हाफको अन्यतिर एक गोल खाएको थियो । नेपालका तर्फबाट सरु लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । सरुले अनिता केसीको क्रसलाई गोलमा परिणत गर्न सफल भएकी थिइन् ।