१३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन

रिपोर्ट नेपाल | 2019 Dec 01 | 07:13 pm 3543

काठमाडौं, मंसिर १५: १३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह सुरु गरिएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटनको लागि तस्बिर परिणाम

काठमाडौंको त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् ।

उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए ।

यस्तै सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरेका छन् ।

 

नेपालसहित सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत दिने कार्यक्रम छ । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम गरिँदै छ ।

नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।

१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.