संखुवासभा, मंसिर १३: जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काजी शेर्पाको निधन भएको छ ।
गएराति १२ बजेको समयमा वडाध्यक्ष शेर्पाको आफ्नै निवास मयुममा निधन भएको परिवारजनले जानकारी दिए ।
उक्त नगरका नगर प्रमुख भरत खत्रीका अनुसार उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेको र आठ महिनाअघिदेखि उपचार गराइरहेको बताए ।
शेर्पा २०२५ फागुन १३ गते मयुममा जन्मिएर शिक्षक पेशाबाट अवकास लिई तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।
उनको मयुममा नै संस्कार अनुसार शुक्रबार दिउँसो अन्त्येष्टि गरिने नगर प्रमुख खत्रीले बताए ।